काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ६०० सय रुपैयाँले बढेर १ लाख ६२ हजार ४०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय ५० रुपैयाँ कायम रहेको छ । बुधबार चाँदीको भाउ सोही मूल्यमा किनबेच भएको थियो ।