Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

गत आवको अन्तिम त्रैमासिकमा अर्थतन्त्रलाई २.१ प्रतिशतको विस्तार

गत आवको अन्तिम त्रैमासिकमा अर्थतन्त्रलाई २.१ प्रतिशतको विस्तार

  • काठमाडौँ । अर्थतन्त्रले गत असार मसान्तसम्मको अन्तिम त्रैमासिकमा  २.१ प्रतिशतले विस्तार पाएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अर्थात बैशाखदेखि असारसम्मको अन्तिम त्रैमासको कुल गार्हस्थ उत्पादन (जीडीपी) सार्वजनिक गरे अनुसार यस्तो देखिएको हो ।तथ्यांक कार्यालयको अन्तिम त्रैमासिकमा अर्थतन्त्र २.१ प्रतिशतले विस्तार भएको देखिन्छ ।यो अघिल्लो आव २०७९/८० को सोही अवधिको तुलनामा  भएको अर्थतन्त्रको विस्तार हो । तेस्रो त्रैमासिकमा  ३.१, दोस्रोमा ४.६ र पहिलो त्रैमासिकमा ४.५ प्रतिशतले अर्थतन्त्र विस्तार भएको कार्यालयको तथ्यांकले जनाएको छ ।

    आँकडा अनुसार अघिल्लो आवको पहिलो त्रैमासिकको तुलनामा भने चौथो त्रैमासिकमा  अर्थतन्त्र विस्तार कम भएको देखिन्छ । हरेक चौमासिक समाप्त भएको ९० दिनभित्र त्रैमासिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्ने गरिन्छ ।अघिल्लो आवका त्रैमासिकहरूमा भएका आर्थिक वृद्धि अनुसार पहिलो (साउन–असोज) ः ४.५ प्रतिशत
    दोस्रो (कात्तिक–पुस) ः ४.६ प्रतिशत,तेस्रो (माघ–चैत) ः ३.१ प्रतिशत,चौथो (वैशाख–असार) ः २.१ प्रतिशत रहेको छ ।

    अर्थतन्त्र वृद्धिमा यो त्रैमासिकमा  ठूलो योगदान अतिथि सेवा क्षेत्रको रहेको छ । यसका साथै कृषि, व्यापार, यातायात र सार्वजनिक प्रशासनमा भएको वृद्धिले पनि अर्थतन्त्रको विस्तारमा भूमिका खेलेको तथ्यांकले दर्शाउँछ ।कार्यालयका अनुसार आवास तथा भोजन सेवासम्बन्धी क्रियाकलाप वृद्धिदर सबैभन्दा धेरै १२.३ प्रतिशत छ । यो अघिल्लो आव २०७९/८० को चौथो त्रैमासको तुलनामा योग गणना गरिएको हो ।यातायात तथा गोदाम क्षेत्रको वृद्धिदर १०.९ प्रतिशत र सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर १०.८ प्रतिशत भएको जनाइएको छ ।

    निक्षेप तथा कर्जामा भएको वृद्धिले वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दर ६.२ प्रतिशत र प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.८ प्रतिशत रहने छ ।निर्माण, विद्युत् ग्यास र सूचना प्रविधि क्षेत्रमा संकुचन परेका छन् ।अर्थतन्त्रका कुल १८ औद्योगिक क्षेत्रमध्ये निर्माण क्षेत्र अझै पनि बाटोमा आइपुगेको देखिँदैन् ।कार्यालयका अनुसार निर्माण क्षेत्रमा सबैभन्दा धेरै १३.४ प्रतिशतको संकुचन यस त्रैमासिकमा देखिन्छ । दोस्रो स्थानमा विद्युत्, ग्यास वितरणमा भए अनुसार ३.५ प्रतिशतको संकुचन छ । सूचना प्रविधिमा १.६ प्रतिशतको संकुचन देखिन्छ ।

    २०८०/८१ का त्रैमासिकहरूको मात्र तुलना गर्दा भने निर्माण क्षेत्रमा पहिलो र दोस्रो त्रैमासिकको तुलनामा अन्तिम त्रैमासिकमा केही सुधार भएको देखिन्छ । यसो हुनुमा आर्थिक वर्षको अन्तिम दुई त्रैमासिकमा पूँजीगत खर्च बढी हुनुलाई मुख्य कारण औँल्याइएको छ ।पहिलो त्रैमासिकमा  १.४ र दोस्रो त्रैमासमा १६.३ प्रतिशतले संकुचनमा रहेको  निर्माण क्षेत्र तेस्रोमा १.६ र चौथोमा १.१ प्रतिशतले वृद्धि पाएको  तथ्यांकले देखाएको छ ।

    विस्तार अनुसार  अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा ओगट्ने कृषि तथा वन क्षेत्रको ३.२ प्रतिशत विस्तार छ । कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिमा हिउँदे बाली, तरकारी तथा पशुजन्य उत्पादनमा आएको वृद्धिको सकारात्मक प्रभाव देखिएको विश्लेषण छ ।अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापारमा चौथो त्रैमासिकमा २ प्रतिशतमात्र वृद्धि हुने अनुमान छ । व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन र कृषि उत्पादनमा भएको सामान्य वृद्धिले व्यापार क्षेत्रको वृद्धिदर धनात्मक देखिएको छ ।

    व्यापारजन्य वस्तु आयातमा भएको गिरावटले भने व्यापार क्षेत्रमा अपेक्षित वृद्धि नभएको कार्यालयले जनाएको छ । अर्कोतर्फ उद्योग क्षेत्रमा समेत उत्साहजनक वृद्धि छैन । यसो हुनुमा औद्योगिक वस्तु उत्पादनमा खासै सुधार आउन सकेको छैन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij