काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अपि पवार कम्पनी लिमिटेडको शेयर मूल्य समायोजना भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ५ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. २९६ दशमलव १९ कायम भएको छ । नेप्सेले बिहीवा कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।