Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक १ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, कात्तिक १ बिहीबार

  • 330
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक १ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक १ बिहीबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..

    नेप्सेमा अपि पावर कम्पनीको शेयर मूल्य समायोजन

    काठमाडौं ।  बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अपि पवार कम्पनी लिमिटेडको शेयर मूल्य समायोजना भएको छ  । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

     

    नेप्सेले कम्पनीको ५ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. २९६ दशमलव १९ कायम भएको छ । नेप्सेले बिहीवा कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजि टेस्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलिप पोखरेल र एजिलस डायग्नोष्टिक नेपाल प्रालिका फाइनान्स प्रमुख दिपक खड्काले हस्ताक्षर गरेका हुन् ।

    समझदारी अनुसार बैंकका ग्राहकहरुले एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवा बापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ एप ९ग्लोबल स्मार्ट प्लस० प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउनसक्ने बैंकले जनाएको छ ।

    शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

    काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल १० लाख इकाई (१ अर्ब रुपैयाँको) ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । जसमध्ये ४ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

    शाइन रेसुंगाले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘शाइन रेसुंगा डेभलपमेन्ट बैंक डिबेन्चर, २०९१’ बिक्री गर्न लागेको हो ।

    शेयर बजार: नेप्से परिसूचक २.४७ बिन्दुले बढेर २७४५ .३६ मा , ७ अर्ब बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक २.४७ बिन्दुले बढेर २७४५.३६ बिन्दुमा पुगेको छ । बिहीबार साताको अन्तिम दिन ३१६ कम्पनीका शेयरहरूको खरिदबाट कुल कारोबार ७ अर्ब १९ करोड २७ लाख  ९२ हजार १ सय ६६ रुपैया ८६ पैसा बराबरको भएको हो ।

     

    ८० हजार ५सय ९५ शेयर कारोबारमा कुल १ करोड ८८ लाख ७ हजार ९२ कित्ता शेयरको खरिद बिक्री भयो ।

    एनआइसी एसिया बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्न , धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । एनआइसी एसिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई बिक्री गर्न अनुमति मागेको हो । जसमध्ये २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने ३० लाख इकाई प्राइभेट प्लेसमेन्ट गर्ने बैंकले जनाएको छ ।

    बैंकको ऋणपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बैंकले ‘एनआइसी एसिया बैंक ऋणपत्र २०९१’ जारी गर्न लागेको हो ।

    नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी

    काठमाडौँ । नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ । 

     

    निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको उक्त ऋण भुक्तानी गरेको विज्ञप्ति जारी गरी जनाएको हो । निगमले दुई न्यारोबडी जहाजको असोज महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी गत असोज ३० गते मात्र रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।\

    प्रभु बैंकको ३ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ६९ हजार ८५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले यसमा आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आजदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला  १ लाख ६२ हजार ४०० रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ६०० सय रुपैयाँले बढेर १ लाख ६२ हजार ४०० रुपैयाँ कायम भएको छ । 

    आज चाँदीको भाउ भने स्थिर रहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय ५० रुपैयाँ कायम रहेको छ । बुधबार चाँदीको भाउ सोही मूल्यमा किनबेच भएको थियो ।

    प्रि ओपन सेसन : नेप्से सूचक ४.८० अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.८० विन्दुले बढेको  छ । यससँगै सूचक २७४७.६९ विन्दुमा आएको छ । १ करोड ६० लाख ७८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३७ कम्पनीको ४६ हजार ६ सय २८ कित्ता सेयर कारोबार भएको छ । 

     

    २२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

    बजारमा अधिक तरलताको व्यवस्थापन गर्न  १ खर्ब रुपियाँ निक्षेप तान्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न १  खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

    बैंकले बजारबाट १ खर्ब लगानीयोग्य रकम प्रशोचन गर्नलागेको हो। 

     

    भोलि नै बोलकबोल गरी उक्त निक्षेप संकलन गरिनेछ। यसको ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ। ब्याज भुक्तानी आगामी कात्तिक १४ मा गरिनेछ। राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र यो प्रक्रियामा सामेल हुन पाउनेछन्।

    आज अपि पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज कात्तिक १ गते बिहीबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक २ गते बुक क्लोज गर्दैछ ।  आजसम्म कायम सेयरधनीले यस कम्पनीले घोषणा गरेको लाभांश हात पार्न सक्नेछन् ।

    यस कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनसहित ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न अपिले कात्तिक ११ गते वार्षिक साधारण सभा डाकेको छ ।

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

     

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ १० पैसा र बिक्रीदर १३४ रुपैयाँ ७० पैसा कायम भएको छ ।

    रोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७० पैसा रहेको छ ।

    युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३१ पैसा रहेको छ ।स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।

    ‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’

    वीरगञ्ज । मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो सङ्कुचन देखाप¥यो । यहाँका दुई भन्सार नाकाबाट हुने आयात आव २०७२÷७३ मा ३५ प्रतिशतको हाराहारीमा खुम्चिएको थियो । 

     

    भन्सार विभागको आव २०७२÷७३ को तथ्याङ्कअनुसार कुल सात खर्ब ७४ अर्ब ७१ करोड मूल्य बराबरको वस्तु तथा सामान आयात भएर नेपाल भित्रिएको थियो । सो वर्ष असोजदेखि माघसम्म चलेको मधेस आन्दोलन र अघोषित नाकाबन्दीको कारणले कुल आयातमा वीरगञ्ज भन्सार कार्यालयको हिस्सा २३ दशमलव ५० र यहाँकै अर्को सुक्खा बन्दरगाह भन्सार कार्यालयको हिस्सा भने १२ दशमलव २३ प्रतिशत रह्यो ।

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजि टेस्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलिप पोखरेल र एजिलस डायग्नोष्टिक नेपाल प्रालिका फाइनान्स प्रमुख दिपक खड्काले हस्ताक्षर गरेका हुन् ।

    समझदारी अनुसार बैंकका ग्राहकहरुले एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवा बापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ एप ९ग्लोबल स्मार्ट प्लस० प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउनसक्ने बैंकले जनाएको छ ।

    महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न आयोगको निर्देशन

    काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दललाई महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको छ ।

     

    स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार मनोनयन पत्र पेस गर्दा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

    शान्तिप्रक्रियाको काम तत्काल अघि बढाउने

    काठमाडौँ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठकमा शान्ति प्रक्रियाको थप कामलाई अघि बढाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको, शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिलाई पदाधिकारी बनाउनुपर्ने विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

     

    “एक÷दुई दिनभित्र सिफारिस समितिलाई पूर्णता दिने विषयमा छलफल भएको छ, सिफारिस समितिले पूर्णता पाएपछि आयोगमा पदाधिकारी सिफारिस हुन्छ”, बैठकपछि उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिको आयोग बनोस् भन्ने सबैको चाहना छ तर कस्तो व्यक्ति पठाउने दुई आयोगमा भन्ने कुरा सिफारिस समितिले गर्नेछ ।”

    गत आवको अन्तिम त्रैमासिकमा अर्थतन्त्रलाई २.१ प्रतिशतको विस्तार

    काठमाडौँ । अर्थतन्त्रले गत असार मसान्तसम्मको अन्तिम त्रैमासिकमा  २.१ प्रतिशतले विस्तार पाएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अर्थात बैशाखदेखि असारसम्मको अन्तिम त्रैमासको कुल गार्हस्थ उत्पादन (जीडीपी) सार्वजनिक गरे अनुसार यस्तो देखिएको हो ।तथ्यांक कार्यालयको अन्तिम त्रैमासिकमा अर्थतन्त्र २.१ प्रतिशतले विस्तार भएको देखिन्छ ।यो अघिल्लो आव २०७९/८० को सोही अवधिको तुलनामा  भएको अर्थतन्त्रको विस्तार हो । तेस्रो त्रैमासिकमा  ३.१, दोस्रोमा ४.६ र पहिलो त्रैमासिकमा ४.५ प्रतिशतले अर्थतन्त्र विस्तार भएको कार्यालयको तथ्यांकले जनाएको छ ।

     

    आँकडा अनुसार अघिल्लो आवको पहिलो त्रैमासिकको तुलनामा भने चौथो त्रैमासिकमा  अर्थतन्त्र विस्तार कम भएको देखिन्छ । हरेक चौमासिक समाप्त भएको ९० दिनभित्र त्रैमासिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्ने गरिन्छ ।अघिल्लो आवका त्रैमासिकहरूमा भएका आर्थिक वृद्धि अनुसार पहिलो (साउन–असोज) ः ४.५ प्रतिशत

    राष्ट्र बैंकको अनुमति बिना नै अधिकार प्राप्त व्यक्तिले खाता रोक्का वा फुकुवा गर्न पाउने नीतिगत संशोधन

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली संशोधन गरेको छ । राष्ट्र बैंकले बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन पहिलो संशोधन गरेको जनाएको छ ।बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी सो विनियमावली संशोधन गरेको जनाइएको छ ।

     

    राष्ट्र बैंकले प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतपत्र प्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले सो कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी देहाय बमोजिमको व्यहोरा खुलाई राष्ट्र बैंकसमक्ष लिखित रूपमा अनुरोध गरेमा राष्ट्र बैंकले इजाजतपत्र प्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिने व्यवस्था गरेको जनाएको छ ।

    गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्रसङ्घ । गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताउनुभएको छ ।  

     

    गाजाको मानवीय अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई जानकारी दिँदै सुयाले अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति हताहत भएको बताउनुभएको छ ।  

    अल अक्सा अस्पताल नजिकै शरण लिइरहेका बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको जनाउदै महिला तथा बालबालिका सहित धेरै व्यक्तिहरूले कठिन जीवनको  सामना गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ । 

    रसुवा नाकाबाट मालवस्तु आउन अझै कम्तीमा पन्ध्र दिन लाग्ने, समस्यामा व्यापारी, चिनियाँ मालवस्तुको मूल्य बढ्ने

    काठमाडौँ । तीन दिन लगातार परेको वर्षापछि आएको बाढी पहिरोले सडक क्षतिग्रस्त हुँदा रसुवा भन्सार नाकाबाट मालवस्तु अझ कम्तीमा १५ दिन लाग्ने भएको छ । गत असोज ११, १२ र १३ गते लगातार परेको वर्षापछि आएको बाढी र पहिरोले चीनतर्फको रसुवा नाका जोड्ने राजमार्ग क्षतिविक्षत हुँदा उक्त सडक सञ्चालन गर्न कम्तीमा अझ १५ दिन लाग्ने चिनियाँ पक्षले बताएको छ ।

     

    जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले चीनतर्फको बाटो खुलाउन चिनियाँ पक्षसँग निरन्तर संवाद भइरहेको बताउँदै संवादमा बाटो खुलाउन निरन्तर काम भइरहेको चिनियाँ पक्षले बताएको बताइन् ।प्रवक्तासमेतको जिम्मेवारी रहेकी अधिकारीले चिनियाँ पक्षले सडक खुलाउन तीव्र काम भइरहेको र  अबको कम्तीमा १५ दिनमा सञ्चालन हुने जानकारी प्राप्त भएको बताइन् ।

    पशुपति गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई नहटाउन संस्कृति मन्त्रालयको निर्देशन

    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले पशुपति क्षेत्र विकास कोषलाई मारवाडी सेवा समितिद्वारा सञ्चालित पशुपति गौशाला धर्मशालासम्बन्धी विवादबारे कुनै कारबाही नगर्न भनेको छ । पशुपति क्षेत्र विकास कोष काठमाडौँले पशुपति गौशाला धर्मशालाको सञ्चालन गर्दै आएको मारवाडी सेवा समितिलाई हटाएर सो जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने गरी गरेको निर्णय कार्यान्वयन नगर्न नगराउन भनी मन्त्रालयले कोषलाई भनेको हो ।दशैँ शुरु हुन अघि पशुपति क्षेत्र विकास कोषले ८४ वर्षदेखि पशुपति गौशाला धर्मशालाको सञ्चालन गर्दै आएको मारवाडी सेवा समितिलाई हटाउने चलखेल शुरु गरेको थियो ।

     

    मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास कोषसँग २०६० सालमा सहयोग गर्न गरेको सम्झौता  एकतर्फी भंग गर्न नपाउने  भनी गरेको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा दिएको फैसलामा समितिको दाबी नपुग्ने भनेदेखि कोषले यस्तो चलखेल शुरु गरेको हो ।मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको भगवान पशुपतिको जग्गाको मोही रहेको भन्दै अदालती फैसलाको अन्तिम निर्णय नभएसम्म आफूहरूसँग न्यायिक हक रहेको बताएको छ ।

    तीस लाख बराबरको मालवस्तुसहितको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा पर्सा प्रहरीद्वारा बुझाइयो

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले ३० लाख बराबरको खाद्यान्नसहित मालवस्तु लोड गरिएको ट्रक थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको छ । असोज ३० गते राति साढे बाह्रबजे तिर जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिगएको एक टोलीले वीरगञ्ज महानगरपालिका वडा न १४स्थित गण्डक चोकमा ना ३ ख ५८३३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको ट्रकलाई बुझाइएको हो ।

     

    जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा बिलबीजक भन्दा बढी मालवस्तु उक्त ट्रकमा रहेको पाइएकोले नियन्त्रणमा लिइएको जनाएको छ ।

    बुद्ध एयरको विमानमा प्राविधिक समस्या, काठमाडौंमा सुरक्षित अवतरण

    काठमाडौं ।बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ। बिहीबार बिहान उडान नम्बर १०० मा रहेको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरी काठमाडौं  विमानस्थलमा सुरक्षित अवतरण गराइएको बुद्ध एयरले जानकारी दिएको छ। अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।

     

    बुद्ध एयरले यस बारेमा जानकारी दिँदै भनेको छ । आज बिहान उडान नम्बर १०० नाइन एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरी काठमाडौं  विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ।

    व्यवसायी विकास अग्रवाल १५ दिनदेखि बेपता, प्रहरीको खोजी कार्य जारी

    काठमाडौँ । विगत १५ दिन अगाडि देखि हराइरहेका व्यवसायी विकास अग्रवाल (मारवाडी) अहिलेसम्म फेला परेका छ्रैनन् ।गत असोज १७ गते घटस्थापनाका दिन व्यवसायी  विकास अग्रवाल काठमाडौँबाट कामको सिलसिलामा नुवाकोटको त्रिशुली गएको र त्यही दिनदेखि बेपता भएको बताइएको छ ।

     

    विगत लामो समयदेखि व्यवसायमा संलग्न अग्रवाल कपडा र कपडाजन्य मालवस्तुको होलसेल तथा खुद्रा व्यापार गर्दै आएका थिए ।उनको काठमाडौँस्थित इन्द्रचोकमा पसल र नयाँ बजारमा अफिस तथा फ्याक्ट्री रहेको छ ।पछिल्लो समय तारे होटल, रिसोर्ट तथा रेस्टरन्टहरूमा बेडसिट, पर्दा लगायतका अन्य कपडाजन्य वस्तुहरूको उनले सप्लाईको काम समेत गर्दै आएका थिए ।

    आजको मौसम : पहाडी भागका केही स्थानमा वर्षा हुने

    काठमाडौँ । हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।
    विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ । गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस