Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना भएको आरोपमा १०९ जना सञ्चालक र ऋणीविरुद्ध मुद्दा दायर


नया सडक

२०८१, कात्तिक २ शुक्रबार

  • 165
    Shares

  • विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना भएको आरोपमा १०९ जना सञ्चालक र ऋणीविरुद्ध मुद्दा दायर

    विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना भएको आरोपमा सहकारीका सञ्चालक र ऋणीविरुद्ध मुद्दा दायर गरिएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले  मोरङ प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सहकारीको वर्तमान अध्यक्ष अमलेश कर्णसहित उपाध्यक्ष सनातम मण्डल, सचिव उत्तम ढुंगेल, कोषध्यक्ष सोमी भगत, सञ्चालक प्रभाकर थापासहित १०९ जनालाई प्रतिवादी बनाएर सहकारीको रकम हिनामिना गरेको मुद्दा दायर गरेको हो । सहकारीका वर्तमान र पूर्वसञ्चालक गरी २१ जनालाई प्रतिवादी बनाइएको छ । अन्य सहकारीका ऋणी हुन् ।

    २०६८ सालयताका सहकारीका पदाधिकारी तथा सदस्यलाई प्रतिवादी बनाइएको मुद्दामा अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन् भने अन्य फरार छन् ।अध्यक्ष कर्ण तत्कालीन विवेकशील साझा पार्टीबाट विराटनगरको मेयरमा उम्मेदवार बनेका थिए । उपाध्यक्ष मण्डल अस्पताल सञ्चालक हुन्, सचिव ढुंगेल उपभोक्ता अधिकारकर्मी हुन् । सञ्चालक थापा नेपाल तरुण दल मोरङका पूर्वसभापति हुन् ।

    प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गर्दा सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो भने  प्रहरी अनुसन्धानका क्रममा भने ७ करोड ८४ लाख २६ हजार ३३५ रुपैयाँ हिनामिना भएको देखिएको छ ।

    प्रहरीमा १०३ जना बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ताको मागसहित निवेदन दिएका छन् ।दायर अभियोग पत्रमा सहकारी संस्थाले १८३ जनालाई ६ करोड ३४ लाख ७६ हजार २२६ रुपैयाँ ऋण लगानी गरेको देखाएको उल्लेख छ । अधिकांश ऋण बिना धितोको र  केही ऋण लगानी फारममा ऋणीको हस्ताक्षर बिना दिइएको देखिएको छ ।

    पक्राउ परेका संस्थाका अध्यक्ष कर्णले पनि संस्थाका पदाधिकारी तथा सदस्य प्रभाकर थापा, अमित कार्की, उत्तम ढुंगेल, श्याम कोइराला, सरु भण्डारी, गोपाल ढकाल, दिलिप कुमार साह, राधादेवी लिम्बु, गोकुल थापा (पूर्वउपाध्यक्ष), ईन्द्रेश कर्ण ( पूर्वसञ्चालक) नियम विपरित ऋण लिएको बयान दिएका छन् ।व्यवस्थापक समेत रहेका अमित कार्कीले संस्थाको रकम आफ्नो व्यक्तिगत खातामा बचत गरेर अपचलन गरेका छन् । सहकारीको कारोबार उनले आफ्नो व्यक्तिगत बैंक खाताबाट गरेका थिए ।२०६८/६९ सालेदेखि नै घाटामा रहेको सहकारीलाई लेखा परीक्षकसँग मिलेर निरन्तर नाफामा देखाइएको आरोप छ । सहकारी घाटामा देखाउँदा बचतकर्ताले फिर्ता माग्ने भएका कारण निरन्तर नाफा देखाइएको अध्यक्ष कर्णको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस