Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी


नया सडक

२०८१, कात्तिक २ शुक्रबार

  • 387
    Shares

  • सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

    पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी कानुनी राज्यको सम्मान गर्छौँ । हामी सहजरूपमा गिरफ्तारी दिन्छौँ, प्रतिकार गर्दैनौँ ।” सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।रासस)

    प्रतिक्रिया दिनुहोस