Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

रास्वपाका सभापति लामिछानेलाई पक्राउ गरी लगिएको पोखराका केही स्थानमा कर्फ्यू जारी


नया सडक

२०८१, कात्तिक ४ आइतबार

  • 270
    Shares

  • रास्वपाका सभापति लामिछानेलाई पक्राउ गरी लगिएको पोखराका केही स्थानमा कर्फ्यू जारी

    पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेपछि त्यहाँका केही क्षेत्रमा कर्फ्यू  लगाइएको छ । जिल्ला प्रशासन कास्कीले कास्कीको शहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको सूचना जारी गरी जनाएको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको उक्त सूचनामा  प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।यसअघि मुख्यमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् अगाडि मात्र निषेधित क्षेत्र तोकिएकोमा स्थितिको गम्भीरतालाई ध्यान दिई थप क्षेत्रमा कर्फ्यू घोषणा गरिएको हो ।

    सहकारी ठगी गरेको आरोपमा रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी त्यहाँको अदालतमा प्रस्तुत गर्न खोज्दा प्रदर्शन , जुलुस , हुलदंगा तथा झडपको आशंका हुन सक्ने देखेर कर्फ्यू जारी गरेको हो ।काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयमा सभापति लामिछानेलाई पक्राउ गरिरहेका बेला पार्टीका कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नाराबाजी गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस