Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

सर्वोच्चका पूर्व न्यायाधीश सिन्हाको संयोजकत्वमा उड्डयन क्षेत्र अध्ययन गर्न उच्चस्तरीय समिति गठन


नया सडक

२०८१, कात्तिक ४ आइतबार

  • 90
    Shares

  • सर्वोच्चका पूर्व न्यायाधीश सिन्हाको संयोजकत्वमा उड्डयन क्षेत्र अध्ययन गर्न उच्चस्तरीय समिति गठन

    काठमाडौँ । सरकारले नागरिक उड्डयन क्षेत्रको अध्ययनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिएका हुन् ।

    सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ रिवाजप्रसाद प्रधान र पर्यटन मन्त्रालयका सहसचिव सदस्य रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस