Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

अरिहन्त ग्रुपको टायल उत्पादन शुरु


नया सडक

२०८१, कात्तिक ६ मंगलबार

  • 393
    Shares

  • अरिहन्त ग्रुपको टायल उत्पादन शुरु

    विराटनगर । अरिहन्त ग्रुपले यही दशैँदेखि टायल उद्योग सञ्चालनमा ल्याएको छ । अरिहन्त ग्रुपको नयाँ पुस्ता अमेरिकाबाट स्नातक सकेका लुनियाँ परिवारका जयेश लुनियाँले टायल उद्योग आफ्नो जिम्मेवारीमा लिएर उत्पादन शुरु गराएका हुन् ।

    जयेशको नेतृत्वमा अरिहन्त इन्फ्रा प्रालिले २०२४ को अक्टुबरदेखि निमाटो ब्रान्डमा टायलको व्यावसायिक उत्पादन सुरु गरेको हो । ३ अर्ब लगानी भइसकेको यो अहिलेसम्म ३ सय करोडको लगानी भइसकेको यो टायल उद्योगका उत्पादन देशभर बिक्री वितरणका लागि पठाउन थालिएको छ ।

    नेपालमा विक्ट्रिफाइड टायलको मेसिन सबैभन्दा पहिले अरिहन्त इन्फ्राले नै लगाएको हो।यो उद्योगले २ बाई २ र २ बाई ४ आकारका फ्लोर टायल तथा १६ इन्च बाई १६ इन्च आकारका पार्किङ टायलको उत्पादन गरिरहेको छ । दैनिक १८ हजार वर्गमिटर टायलको उत्पादन भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस