Logo

Oct 24 2024 | २०८१, कात्तिक ८गते

images

समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०२४ काठमाडौँमा शुरु


२०८१, कात्तिक ६ मंगलबार

  • 360
    Shares

  • समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०२४ काठमाडौँमा शुरु

    काठमाडौँ । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीआईआई २०२४) मंगलबारदेखि शुरू भएको छ ।कातिक ६ गतेदेखि शुरु भएको समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कार्तिक ९ गतेसम्म चल्ने आयोजकले जनाएको हो ।

    नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा यो सम्मेलनको २०औँ संस्करण आयोजना गरिएको छ ।कात्तिक ९ गतेसम्म चल्ने  सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरू तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुनेछ ।

    icii b.jpeg

    यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउने सम्बन्धी रणनीतिहरु लगायतका विषयमा सहभागीहरुबीच छलफल केन्द्रित हने जनाइएको छ ।सम्मेलनका विभिन्न सत्रहरुमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरु, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मुख्य विषयहरूमा विभिन्न कार्यपत्र प्रस्तुत हुनुका साथै कार्यपत्रहरुमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

    सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदारा गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरु गरी चार सय भन्दा बढीको सहभागिता रहने आयोजकले एक पत्रकार सम्मेलन गरी जनाएको छ ।समाजमा आर्थिकरुपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगहरुको वित्तीय जोखिम न्युनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुङ्गा साबित हुने विश्वास आयोजकको छ ।

    बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले यो आईसीआईआई २०२४मा ४४ देशका प्रतिनिधिहरूको सहभागिता रहेको बताए । हाइड्रपावर क्षेत्रका प्रतिनिधिहरूको सहभागिता बढी हुने जनाउँदै अध्यक्ष सिलवालले यो सम्मेलनमा २सय भन्दा बढी विदेशी प्रतिनिधिहरूको सहभागिता हुने बताए । उनले यो सम्मेलनले बीमा क्षेत्रको विस्तारमा ठुलो मदत पुग्ने बताए ।

    सो सम्मेलनको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवबाट भएको थियो भने  उद्घाटन सत्रमा  एसियाली विकास बैंकको वित्त क्षेत्रका प्रमुख अरुप चटर्जी,  भिडियो सन्देश कोलम्बिया युनिभर्सिटीमा दिगो विकास केन्द्रका निर्देशक प्रोफेसर जेफरी डी स्यास र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसको सन्देश प्रदर्शन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस