Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

त्रिभुवन विमानस्थलमा अवतरण गरेको भारतीय विमानमा  बम रहेको हल्ला , नेपाली सेनाको टोली परिचालन


नया सडक

२०८१, कात्तिक ६ मंगलबार

  • 411
    Shares

  • त्रिभुवन विमानस्थलमा अवतरण गरेको भारतीय विमानमा  बम रहेको हल्ला , नेपाली सेनाको टोली परिचालन

    काठमाडौँ । नेपाली सेनाको कमान्डमा सुरक्षा निकायलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनग्राउन्ड रहेको भारतीय हवाई जहाजमा बम खोज्न परिचालन गरिएको छ ।भारतको राजधानी  नयाँदिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिए पछि खोज तलाश शुरु गरिएको हो ।

    भिस्टारा एयरवेजको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतले जनाएको छ ।स्रोतका अनुसार बम राखेको खबर पाइएपछि कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरेको छ । पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ ।

    बमको हल्ला आएको र अहिले टोली विमानस्थलमा पुगेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी सार्वजनिक गरे  ।काठमाडौं विमानस्थलमा अहिले उडान–अवतरण रोकिएको छ । नेपाली सेना सहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस