Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

त्रिभुवन विमानस्थलमा उडान अवतरण फेरि शुरु, भिस्टाराको चेकजाँच जारी


नया सडक

२०८१, कात्तिक ६ मंगलबार

  • 465
    Shares

  • त्रिभुवन विमानस्थलमा उडान अवतरण फेरि शुरु, भिस्टाराको चेकजाँच जारी

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण फेरि शुरु  भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी सार्वजनिक गरे  अनुसार अहिले भिस्टाराको जहाज पछाडिबाट अरू जहाज उड्न जाने बाटो (ट्याक्सिङ) रोकिएको छ ।उनले  वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पु¥याएर उडान सुरु गरिएको जानकारी दिए ।

    भिस्टारामा भने यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएको छ । अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङ गरिने जनाइएको छ । त्यसपछि शंकास्पद वस्तु भेटिए बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय गर्नेछ, भने नभेटिए ‘फेक कल’ घोषित गरी यो जहाजलाई उडानका लागि रिलिज गरिने छ ।दिल्लीबाट काठमाडौँ विमानस्थलमा अवतरण भएको भिस्तार एयरमा सवार यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको छ । कलसाईन भिस्तारा–१५५ विमानमा सवार १५७ यात्रुलाई सकुसल बाहिर निकालिएको सैनिक प्रवक्ता (सहायकरथी) गौरव कुमार केसीले जानकारी सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस