काठमाडौँ ।आज नेप्से परिसूचकमा २०.४१ अंकले घटेर २६४५.३९ बिन्दुमा आएको छ । आज ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ट्रेडिङ र फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । २ वटा फाइनान्स कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यस दिन ३२४ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४३ करोड ४४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा आइसीएफसी फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र साहस ऊर्जा परेका छन् ।