Logo

Oct 24 2024 | २०८१, कात्तिक ८गते

images

हिमालयन डिष्टिलरी  लिमिटेडको खुद नाफा ८९ प्रतिशतले बढ्यो


नया सडक

२०८१, कात्तिक ७ बुधबार

  • 120
    Shares

  • हिमालयन डिष्टिलरी  लिमिटेडको खुद नाफा ८९ प्रतिशतले बढ्यो

    काठमाडौं । हिमालयन डिष्टिलरी  लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८९ प्रतिशत वृद्धि भएको छ । 

    कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १० करोड ५१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू.१९ करोड ८८ लाख कमाउन सफल भएको छ ।  आर्थिक मन्दी तथा व्यापारमा सुस्तताका कारण अघिल्लो वर्षमा घटेको कम्पनीको व्यापार तथा त्यसबाट हुने आम्दानीमा समेत यस वर्ष निकै राम्रो सुधार देखिएको छ । कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा ५२ प्रतिशत वृद्धि भएको छ । 

    गत आवमा कम्पनीको आम्दानी रू. ९७ करोड १८ लाख रहेकोमा चालू आवमा रू.१ अर्ब ४८ करोड भन्दा बढी रहेको छ ।  नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७५ पैसा रहेकोमा चालू आवमा २९ रुपैयाँ ७७ पैसा रहेको छ । चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ४५ दशमलव ८६ गुणा र प्रतिशेयर नेटवर्थ रू। १३३ दशमलव २९ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस