Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

दक्षिण कोरिया जाने कामदारले खुला टिकट खरिद गर्न पाउने माग दाबीसहित रिट दायर

दक्षिण कोरिया जाने कामदारले खुला टिकट खरिद गर्न पाउने माग दाबीसहित रिट दायर

  • काठमाडौँ । दक्षिण कोरिया जाने कामदारले खुला बजारबाट हवाइटिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको छ ।रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया जाने कामदारले युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिबाट टिकट लिनुपर्ने भएकाले  त्यसको विरुद्ध खुला बजारबाट टिकट किन्न पाउने माग दाबी  गरी रिट दायर गरिएको हो ।इपीएस शाखाले उक्त ट्राभल्ससँग सम्झौता गरेकाले कामदारले अन्यत्रबाट टिकट खरिद गर्न नपाउने वाध्यात्मक व्यवस्था छ । कामका लागि कोरिया जाँदा पहिलोपटक कोरियन एयरलाइन्सको टिकट अनिवार्य खरिद गर्नुपर्दछ ।

    स्वेच्छिक तवरले हवाई टिकट खरिद गर्न पाउने अधिकारबाट युवाहरुलाई वञ्चित गरिएको रिट निवेदनमा भनिएको छ । खुला बजारबाट टिकट खरिद गरी कोरिया जान रोक लगाउने गरी कुनै निर्णय, आदेश, पत्राचार, सम्झौता आदि भएका छन् भने ती निर्णयहरु समेत उत्प्रेषणको आदेशले बदर गर्न रिटमा माग गरिएको छ ।इपीएस र युनिभर्सल ट्राभल्सबीच भएको सम्झौताले हवाई टिकटमा एकाधिकार भएकाले उक्त सम्झौता कार्यान्वयन नगराउन माग  गरिएको छ । रिट निवेदकमध्येका एक यज्ञमणि न्यौपानेले जानकारी सार्वजनिक गरे अनुसार रिट उपर बिहीबार पेशी तोकिएको छ । अधिवक्ताहरु खगेन्द्र चापागाईं, छिरिङ शेर्पा, यज्ञमणि न्यौपाने, दिपक अधिकारी र कानुनका विद्यार्थी ओमनाथ ठाकुरले रिट दर्ता गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij