Logo

Oct 24 2024 | २०८१, कात्तिक ८गते

images

एभरेष्ट बैंकको खुद नाफा ४४.४४ प्रतिशतले बढ्यो


नया सडक

२०८१, कात्तिक ७ बुधबार

  • 171
    Shares

  • एभरेष्ट बैंकको खुद नाफा ४४.४४ प्रतिशतले बढ्यो

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.४४ प्रतिशतले धेरै हो ।


    खुद ब्याज आम्दानी १३.०९ प्रतिशतले बढेर २ अर्ब १३ करोड ९० लाख पुगेको छ ।

    बैंकको इम्पेयरमेन्ट चार्ज ४२ करोड ९५ लाखबाट घटेर १० करोड ६७ लाख रुपैयाँ कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार देखिएको हो । सञ्चालन नाफा ४४.४९ प्रतिशत बढेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड रहेको छ । यसले हालसालै सेयरधनीलाई लाभांश वितरण गरेपनि अझै लाभांश क्षमता निकै राम्रो देखिएको  छ ।

    चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ५३ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ३४.८५ रुपैयाँ पुगेको छ ।

     

    प्रतिक्रिया दिनुहोस