काठमाडौं ।गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिमा भन्दा १२% ले धेरै हो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार भएको हो । असोजसम्ममा गरिमाको खुद ब्याज आम्दानी ११.०८% र सञ्चालन नाफा १२.०१% ले बढेको छ ।
यसको इम्पेयरमेन्ट चार्ज भने ३५ करोडबाट बढेर ३७ करोड रुपैयाँ पुगेको छ । यसको खराब कर्जा बढेर ३.८२% भएको छ । गत वर्ष खराब कर्जा २.६८% रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ७१ पैसाले बढेर १५ रुपैयाँ ९० पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६२.०७ रुपैयाँ कायम भएको छ ।