Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

एनआरएन पोर्चुगलको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

एनआरएन पोर्चुगलको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

  • पोर्चुगल /काठमाडौँ । गैर आवासीय नेपाली सघ पोर्चुगलको कार्यालय अनिश्चितकालको लागि बन्द गरिएको छ ।गैर आवासीय नेपाली सघ पोर्चुगलका अध्यक्षका हैसियतमा दीपा काफ्ले अनिश्चितकालको लागि तालाबन्दी गरिएको जनाएकी हुन् ।अध्यक्ष उमेश कुमार खड्काले पदभार हस्तान्तरण गर्नुपर्नेमा त्यसो नगरेको भन्दै विभिन्न आरोप लगाउँदै काफ्लेले तालाबन्दी गर्नुपरेको जनाएकी छिन् ।

    अध्यक्ष काफ्लेले जारी गरेको विज्ञप्तिमा नवौँ राष्ट्रिय महाधिवेशनको म्यान्डेट अनुसार अध्यक्ष उमेश कुमार खड्काको कार्यकाल सकिँदा पनि पद हस्तान्तरणमा आनाकानी गरेको, वार्षिक साधारण सभा नगरेको, संघको कार्यालय दुरुपयोग गरेको , यस भन्दा अगाडि सञ्चालन गरिएको  राहदानी शिविरमा केही पदाधिकारीहरुले अतिरिक्त शुल्क लिएको लगायतका आरोपहरु लगाइएको छ ।साथै संघ भित्रको आर्थिक हिसाब पनि हिनामिना भएकोले तत्काल हिसाब सार्वजनिक गर्नु पर्ने माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij