Logo

Oct 26 2024 | २०८१, कात्तिक १०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक ९ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, कात्तिक ९ शुक्रबार

  • 135
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक ९ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  कात्तिक ९ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    माई खोला हाइड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा मंसिर १४ गते

    काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले चौथो वार्षिक साधारण सभा मंसिर १४ गते गर्ने भएको छ । कात्तिक ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा स्मार्ट दरबार शखपार्क काठमाडौमा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे शुरु हुनेछ ।

     

    सभाले गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निधारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले यही कात्तिक २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा कात्तिक २८ गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

    आज प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको १ लाख ६२ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको १ लाख ६२ हजार ९५० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९कात्तिक ९ गते० अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    माछापुच्छ्रे क्यापिटल लिमिटेडको ७८ हजार ४९४ कित्ता संस्थापक शेयर विक्री खुला

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ७८ हजार ४९४ कित्ता संस्थापक शेयर आजबाट विक्रीमा ल्याएको छ ।

     

    कम्पनीले आशिष श्रेष्ठको नाममा रहेको २० हजार ४३६ कित्ता, साकार लाल श्रेष्ठको नाममा रहेको २८ हजार ९३ कित्ता र पंकज चन्द्र श्रेष्ठको नाममा रहेको २९ हजार ९६५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

    यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।

    इक्रा नेपालको ५७.३९ प्रतिशत नगद लाभांश घोषणा

    काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले ५७.३९ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ । कम्पनीले ४ करोड १३ लाख रुपैयाँ नगद वितरणमा प्रयोग गर्नेछ । उक्त प्रस्ताव पारित गर्न यस कम्पनीले मंसिर ३ गते साधारण सभा बोलाएको छ । सभा एलोफ्ट, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

    अरुण भ्याली हाइड्रोपावरको साधारण सभा कात्तिक १४ गते , नगद लाभांश वितरण प्रस्ताव पारित गर्ने

    काठमाडौं ।  अरुण भ्याली हाइड्रोपावरले कात्तिक १४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

    यस कम्पनीको सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस सेयर र ०।१५७ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्ने  कार्यक्रम छ ।

    उपप्रधानमन्त्रीसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट

    वासिङ्टन डिसी ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस  अलब्राइटबीच भेटवार्ता भएको छ ।

     

    उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय  प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    उपप्रधानमन्त्री पौडेल र निर्देशक लीबीच भेटवार्ता

    अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीले पनि आजै भेटवार्ता गर्नुभएको छ । त्यस असरमा उहाँहरूबीच वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगबारे छलफल भएको थियो ।

    नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध

    वासिङ्टन डिसी  ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभयो ।

     

    अमेरिकी उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको छलफलमा उहाँले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गर्नुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्द्धका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

     

    युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

    सत्ता साझेदार दलको साझा धारणा : सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन

    काठमाडौँ । सत्ता समीकरणमा रहेका दलले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

     

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र भएको र सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश भएको उल्लेख छ । संयुक्त वक्तव्यमा भनिएको छ, “त्योभन्दा भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यताविपरित हुने कुरा स्पष्ट छ । यसप्रति सचेत र सजग रहन हामी सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछौँ ।”

    ‘इआरएस टावर’ प्रयोग गरी खिम्ती–लामोसाँघु प्रसारण लाइन सञ्चालन

    काठमाडौँ।  गत असोज ११ र १२ को अविरल वर्षाका कारण तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनःस्थापना प्रणाली९ इआरएस० प्रयोग गरी सञ्चालनमा ल्याइएको छ । 

     

    नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले आज दिउँसादेखि सो प्रसारण लाइन चार्ज गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।   

    तामाकोसी नदीको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको सात नम्बर टावर बगाएको थियो । टावर बगेपछि चार वटा टावरको तार ९कन्डक्टर०मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट गत १३ असोजबाट विद्युत् प्रवाह बन्द हुँदा खिम्तीबाट काठमाडौँ उपत्यकाको प्रसारण लाइन टुटेको थियो । उक्त लाइनबाट करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुने गरेको छ । खिम्ती–लामोसाँघु काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति हुने महत्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनको विद्युत् लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन्छ ।

    पर्सा प्रहरीले पौने दुई करोड बढीको खुद्रा तथा औषधि लोड गरिएका ट्रकहरू  समातेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    काठमाडौँ ।  पर्साले प्रहरीले पौने दुई करोड बढीको खुद्रा तथा औषधि लोड गरिएका ट्रकहरू नियन्त्रणमा लिएर थप अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका वडान ८ घन्टाघरबाट सु.प.प्र. ०१–००१ ख  २६९९ र सु.प.प्र ०१–००१ ख २६६१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएर लिएको हो ।

     

    कातिक ८ गते राति १० बजे नियन्त्रणमा लिइएका ट्रकमा बिल बीजक भन्दा बढी मूल्यका मालवस्तु लोड गरेको पाइएको थियो । वीरगञ्जबाट कैलाली तथा बाँकेतर्फ ती ट्रक लान लागिएको अवस्थामा प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    पूरा गर्नुपर्ने शर्त पूरा गरिए निजी क्षेत्रको सहकार्यमा सरकारको कृषि लगानीको दशक सफल हुन सक्ने नेपाल चेम्बर अफ कमर्सको निष्कर्ष

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी भएको बताएका छन् । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आफू लागि परेको बताउँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।नेपाल चेम्बर अफ कमर्सले ‘कृषिमा लगानी दशक सन्दर्भिकता र निजी क्षेत्रको भूमिका  विषयक’ शीर्षकमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताए ।

     

    उनले कृषि क्षेत्रमा लागेकाहरुको सुझाव कार्यन्वयन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने  विश्वास दिलाए । कृषिमा लगानी दशक सफल बनाउन निजी क्षेत्रको भूमिका महत्व भएको बताउँदै मन्त्री अधिकारीले गरिबीबाट मुक्ति पाउनका लागि पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी रहेको बताए । मन्त्री अधिकारीले उद्घाटन गरेको सो कार्यक्रममा सहभागीहरूलाई चेम्बरका अध्यक्ष कमलेशकुमाल अग्रवालले स्वागत गरेका थिए ।

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

    काठमाडौँ ।  ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरुमा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरुलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको छ ।उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलिप पोखरेल र दुषित थानी हिमालयन रिसोर्टको सेल्स मेनेजर सम्झना प्रसाईले हस्ताक्षर गर्नुभएको छ ।   

     

    समझदारी अनुसार बैंकका ग्राहकहरुले दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरु खाना तथा पेय पदार्थ, देभराना स्पा, स्वीमिङ्ग पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोग वापत भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग ए्याप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशत निश्चित छुट पाउनेछन ।आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

    कातिक ६ सम्म बाढी पहिरो क्षतिको बीमा दाबी साढे ९ अर्ब बढी, बीमा भुक्तानी सवा तीस करोड बढी मात्र

    काठमाडौं । कार्तिक ६ गतेसम्म बाढी पहिरोका कारण भएको क्षतिसम्बन्धी बीमा कम्पनीहरूमा गरिएको साढे ९ अर्ब बढीको दाबीमा सवा तीस करोड बढीको भुक्तानी मात्र भएको छ ।असोजको दोस्रो साता परेको वर्षाका कारण आएको  बाढी पहिरोका कारण भएको क्षतिसम्बन्धी  बीमा कम्पनीहरूमा ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बढीको दाबी गरिएको हो ।ती दाबीहरू मध्ये कातिक ६ गतेसम्म बीमा कम्पनीहरूबाट ३० करोड ३६ लाख रुपैयाँमात्र भुक्तानी दिएको छ ।

     

    भुक्तानी गर्नेमा  शिखर इन्स्योरेन्स सबै भन्दा बढी २१ करोड ५० लाख र बाँकी अन्य निजीवन बीमा कम्पनीहरूले भुक्तानी गरेका छन् ।

    १४ किलो चाँदीसहित दुई जना पक्राउ

    काठमाडौं । १४ किलो अवैध चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो छन् ।

     

    सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले बरामद गरेको छ । पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले अमलेखगञ्जबाट पक्राउ गरेको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस