Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

आजको मौसम :  पश्चिमी र स्थानीय वायुले देशभरको मौसम बदली

आजको मौसम :  पश्चिमी र स्थानीय वायुले देशभरको मौसम बदली

  • काठमाडौं  । हाल देशभर पश्चिमी वायुसँगै देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत आंशिक प्रभाव छ।

    यतिबेला देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले काठमाडौँ उपत्यकाको आकाशमा पनि बादल लागेको छ। 

    आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका एकदुई स्थानमा  दिउँसो मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij