Logo

Jun 20 2025 | २०८२, असार ६गते

Jun 20 2025 | २०८२, असार ६गते

images

एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

  • काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले कात्तिक २७ गते एक दिन उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।
    भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पूर्व निर्णय पुनारावलोकन गरी हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । सो निर्णयलाई कात्तिक ७ गते सम्पन्न विशेष साधारण सभाले स्वीकृति समेत प्रदान गरिसेकेको छ । यस कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij