Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

मुनलाइट हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल


नया सडक

२०८१, कात्तिक १२ सोमबार

  • 249
    Shares

  • मुनलाइट हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

    कम्पनीले बिक्री गरिने १०० रुपैयाँ अंकित दरका एक करोड ७६ लाख १० हजार ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।सम्झौतामा लक्ष्मी सन्‌राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका हुन् ।

    मुनलाइट हाइड्रोपावर कम्पनीको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलविद्युत् आयोजना निर्माणाधीन छ ।

    प्रतिक्रिया दिनुहोस