काठमाडौं ।नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६७ हजार १५९ कित्ता संस्थापक शेयर कात्तिक १३ गतेदेखि विक्रीमा ल्याएको छ ।शेयर खरिदका लागि अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् । नेरुडे मिर्मिरे लघुवित्तको शेयर खरिदका लागि आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । नेरुडे मिर्मिरे लघुवित्तको शेयरको मूल्य भने तोकिएको छैन् ।