Logo

Jun 20 2025 | २०८२, असार ६गते

Jun 20 2025 | २०८२, असार ६गते

images

आँखुखोला जलविद्युत कम्पनीको १७औं वार्षिक साधारणसभा स्थगित

आँखुखोला जलविद्युत कम्पनीको १७औं वार्षिक साधारणसभा स्थगित

  • काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभा स्थगित भएको छ । कात्तिक १२ गते बोलाइएको सभा गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको कम्पनीले बताएको हो ।
    कम्पनीले मैतिदेवीस्थित वैभव पार्टी प्यालेसमा ११ बजेदेखि शुरु हुने गरी सभा बोलाएको थियो । लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरिएको कम्पनीको सभामा गत आवका वित्तीय विवरणहरू पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समावेश थिए । पुनः अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरिएको कम्पनी सचिवले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij