Logo

Jun 20 2025 | २०८२, असार ६गते

Jun 20 2025 | २०८२, असार ६गते

images

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले असोज मसान्तमा ३ करोड ७० लाख नाफा कमायो

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले असोज मसान्तमा ३ करोड ७० लाख नाफा कमायो

  • काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले असोज मसान्तमा रू ३ करोड ७० लाख नाफा कमाएको छ । 

    यो नाफा भदौ मसान्तको तुलनामा ६० प्रतिशत वृद्धि भएको हो । सो महिनामा फण्डले रू। २ करोड ३० लाख नाफा कमाएको थियो । असोज महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । 

    भदौ मसान्तमा फण्डको जम्मा आम्दानी रू २ करोड ६१ लाख रहेकोमा असोज मसान्तमा बढेर रू ४ करोड १५ लाख पुगेको छ । नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य  पनि वृद्धि भएको छ । भदौ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ३७ पैसा रहेकोमा असोज मसान्तमा बढेर १० रुपैयाँ ५३ पैसा पुगेको हो । 
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij