Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१ सम्पन्न

दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१ सम्पन्न

  • काठमाडौँ । तिहारको उत्सव, फूलको महोत्सव तिहार फ्लोरा एक्स्पो–२०८१ सम्पन्न भएको छ ।नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा दोस्रो  तिहार फ्लोरा एक्स्पो २०८१ सम्पन्न भएको हो ।गत वर्ष भएको पहिलो तिहार फ्लोरा एक्स्पो २०८० सफल भएको आयोजित पत्रकार सम्मेलनमा जनाइएको थियो ।पहिलो प्रदर्शनीको सफलताले व्यवसायीलाई थप उत्साहित भइ गरेको दोस्रो प्रदर्शनी सम्पन्न भएको छ ।

    यस मेलाले आर्थिक मन्दीले  सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमीहरूलाई उत्साहित गर्न गरिएको जनाइएको छ ।यस मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफल्ने आलंकारिक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडीबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा बिक्री  वितरणको लागि राखिएको थियो ।

    flora 2081a.jpeg

    यस मेलामा पाँच दर्जन बढी  व्यवसायिक स्टल लगाइएको थियो ।मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रु.१००/ र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रु. ५०।– व्यवस्था गरिएको थियो ।नर्सरी व्यवसायी संघ नेपालको आयोजना सम्पन्न भएकोे दोस्रो तिहार फ्लोरा एक्सपो–२०८१ को प्रवर्धक संस्थाहरुमा  पुष्प विकास केन्द्र, वनस्पति  विभाग रहेको थियो भने विशेष सहयोगी संस्था शलोम एग्रीकल्चर प्रा. लि., सेवा म्यानुफयाक्चरिङ, अगानिक बायो फर्टिलाइजर प्रा.लि., ग्रिस्मा नर्सरी रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij