काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा मागभन्दा २७.९४ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज दोस्रो दिन साँझ ५ः०६ बजेसम्ममा ९८ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
जसमा ६ लाख २६ हजार २८५ जना आवेदकहरुले ९८ लाख ६ हजार ५८० कित्ताका लागि आवेदन दिएका हुन् ।