Logo

Jun 20 2025 | २०८२, असार ६गते

Jun 20 2025 | २०८२, असार ६गते

images

सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश घोषणा , पुस ४ गते साधारण सभा

सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश घोषणा , पुस ४ गते साधारण सभा

  • काठमाडौं । सोल्टी होटल लिमिटेडले ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १२ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij