Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार


नया सडक

२०८१, कात्तिक १४ बुधबार

  • 318
    Shares

  • शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार

    म्याग्दी। विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर मङ्गलाघाटमा बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ । मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ । प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल ममत गरेको हो ।

    एक सय ३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ ।(रासस)

    प्रतिक्रिया दिनुहोस