Logo

Jun 20 2025 | २०८२, असार ६गते

Jun 20 2025 | २०८२, असार ६गते

images

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन

  •  

    काठमाडौँ । संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सदस्य महेशप्रसाद बर्तौलाले जानकारी दिनुभयो । 

     

    यसअघि बैठकमा प्रस्तावित राजदूत लम्सालले आफ्नो अनुभव, योग्यता, अभिरुची र भावी रणनीतिसहितको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयको सचिवका रुपमा कार्यरत उहाँले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सक्नुभएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij