काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, काठमाडौं ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान साढे १० बजे सभा शुरू हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुकासाथै चालू आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने भएको छ ।