Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

बक्यौता बिजुली महशुल नबुझाउँदै उद्योगीहरूको लाइन जोडिए आन्दोलन गर्ने कर्मचारी युनियनहरूको चेतावनी


नया सडक

२०८१, कात्तिक १४ बुधबार

  • 411
    Shares

  • बक्यौता बिजुली महशुल नबुझाउँदै उद्योगीहरूको लाइन जोडिए आन्दोलन गर्ने कर्मचारी युनियनहरूको चेतावनी

    काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगमा महशुल नबुझाउँदै लाइन जोड्ने निर्णय गरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।प्राधिकरणका दुईवटा कर्मचारी युनियनले बुधबार ऊर्जामन्त्री दीपक खड्कालाई पत्र लेखे यस्तो चेतावनी दिएका हुन् । कर्मचारी युनियनहरूले बक्यौता महसुलको किस्ता तिर्न सुरु नगरेको अवस्थामा लाइन जोड्ने निर्णय नगर्न पत्रमा चेतावनी दिइएको हो । 

    प्राधिकरणको राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्ले लाइन जोड्नेभन्दा महसुल उठाउने तिर ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल विवादलाई स्थायीरुपमा समाधान गर्नका लागि सहजीकरण गर्न अनुरोध गर्दै  पत्रमा उनीहरूले अन्यथा डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत महसुल बक्यौता रकम नबुझाई लाइन जोडिए संघर्षका कार्यक्रम गर्न बाध्य हुने जनाएका छन् ।

    कर्मचारी युनियनहरूले सरकार, विद्युत नियमन आयोग र संचालक समितिको निर्णय अनुसार महसुल उठाउन पटक पटक ताकेता गर्दा पनि उद्योगहरुले अटेर गरेपछि प्राधिकरणले बाध्य भएर लाइन काटेको बताएका छन्।मन्त्री खड्काको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले साउन ८ गते उद्योगहरुलाई बक्यौता बुझाउन तीन महिनाको म्याद दिने निर्णय गरेको थियो । संचालक समितिको निर्णय अनुसार प्राधिकरणले अन्तिम पटक असोज २४ गते बक्यौता बुझाउन १५ दिनको समय दिएको थियो ।पटक पटक ताकेता गर्दा पनि अटेर गरेको भन्दै प्राधिकरणले कात्तिक ८ गते ३४ उद्योगको लाइन काटेको थियो । तीमध्ये ६ उद्योगले किस्ता तिर्न शुरु गरेकाले प्राधिकरणले लाइन जोडिदिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस