Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

साफ महिला च्याम्पियनसिप : बंगलादेशले जित्यो उपाधि

साफ महिला च्याम्पियनसिप : बंगलादेशले जित्यो उपाधि

  • काठमाडौँ ।  साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले लगातार दोस्रो पटक जितेको छ। उपाधि रक्षा गर्ने क्रममा १५ हजार घरेलु दर्शकलाई २-१ ले स्तब्ध पार्दै पाहुना टोली बंगलादेश च्याम्पियन बनेको हो।नेपाल साफ फाइनलमा छैटौं पटक स्तब्ध बन्दा बंगलादेशले लगातार दोस्रो पटक नेपाललाई नै हराएर च्याम्पियन बन्यो। रोमाञ्चक फाइनलमा पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा दुबै टिमले गोलको खाता खोलेका थिए।

    तर बंगलादेशले निर्धारित समयको ९ मिनेट बाँकी रहँदा गरेको गोल नेपाललाई पुनः एक पटक फाइनलमा स्तब्ध बनाउन पर्याप्त रह्यो। खेलमा बंगलादेशले दोस्रो हाफको सुरवातमै अग्रता लिएको थियो।

    मोनिका चक्काले ५२ औं मिनेटमा नेपाली डिफेन्डरको गल्तीमा गोल गर्दै खेलमा बंगलादेशलाई अग्रता दिलाइन्। 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij