Logo

Oct 31 2024 | २०८१, कात्तिक १५गते

images

भैरहवा उडान भर्ने शर्तमा थाई एयर एसियाको प्रतिबन्ध फुकुवा


नया सडक

२०८१, कात्तिक १५ बिहीबार

  • 24
    Shares

  • भैरहवा उडान भर्ने शर्तमा थाई एयर एसियाको प्रतिबन्ध फुकुवा

    काठमाडौँ । थाई एयर एसियामाथि  अनुमति नै नभई नेपाली आकाशमा प्रवेश गर्न रोक लगाइएको प्रतिबन्ध तीन दिनमै फुकुवा भएको छ ।अनुमति नै नलिई बैंककबाट काठमाडौँ आएको उक्त विमानलाई प्राधिकरणले अनिश्चितकालका लागि लगाएको रोक  फुकुवा गरेको हो ।

    एयरवेजले माफी मागेको भन्दै प्राधिकरणले प्रतिबन्ध फुकुवा गरेको हो । योसँगै यसको जीएसटीको रूपमा रहेको युनिभर्सल ट्राभल्सको अनुमति पनि सुचारु भएको छ ।  एयरवेजलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा समेत उडान गर्नेगरी अनुमति दिइएको हो । यसअघि भैरहवा जाने प्रतिवद्धता जनाए पनि त्यहाँ उडान गर्न मानिरहेको थिएन । अब भने भैरहवामा समेत उडान गर्न एयरलाइन्स सहमत भएको छ । उक्त एयरलाइन्सले   विन्टर सिजन अन्तर्गत उडान सुरु गर्नेछ । आगामी आइतबारदेखि शुरु हुने उडान मार्चसम्म कायम रहनेछ । 

    थाईले काठमाडौँमा साताको चार दिन आइतबार, सोमबार, बिहीबार र शुक्रबार गरी चार र भैरहवामा आइतबार र शुक्रबार गरी दुई उडान गर्नेछ ।  भैरहवामा उडान गर्न पनि तयार भएपछि अनुमति दिइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी सार्वजनिक गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस