Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

यातायात व्यवस्था सेवा कार्यालयले दुई करोड १४ लाख राजस्व सङ्कलन


नया सडक

२०८१, कात्तिक १६ शुक्रबार

  • 258
    Shares

  • यातायात व्यवस्था सेवा कार्यालयले दुई करोड १४ लाख राजस्व सङ्कलन
    फाइल फोटो

    कुनौली ।  राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१र८२ को तीन महिनामा रु दुई करोड बढी राजस्व सङ्कलन गरेको छ । 

    सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१र८२ को साउनदेखि असोजसम्ममा रु दुई करोड १४ लाख छ हजार एक सय २० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताउनुभयो ।

    सवारीसाधन करबाट रु एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट रु ६५ हजार नौ सय १० र सवारी दर्ता किताबापत रु २५ लाख ४३ हजार एक सय ८५ राजस्व सङ्कलन भएको छ ।

    सवारी चालक अनुमतिपत्र बापत रु ९१ लाख ९१ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०र८१ मा रु १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व सङ्कलन भएको थियोभने  २०७९र८० मा रु सात करोड ५६ लाख २५ हजार चार सय ७५सङ्कलन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस