Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान


नया सडक

२०८१, कात्तिक १८ आइतबार

  • 252
    Shares

  • उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान

    काठमाडौं ।उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् ।
    वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागि हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह आइतबार विहान ८ बजे कायरो प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा विदाइ गरेका छन् ।

    विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुनुहुन्छ । अन्य देशबाट सहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुने छन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहनुभएका सिंहको उपस्थिति रहनेछ ।

    सहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले तीन वटा सत्रलाई सम्बोधन गर्नुहुनेछ । सो क्रममा उहाँले नेपालले वस्ति विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण  भोगिरहेको समस्या र वस्ति विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउनुहुनेछ ।

    नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरी कसरी सहरीकरण र वस्ति विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउनुहुनेछ ।

    त्यस्तै सहरीकरणका लागि चुनौती बनिरहेको खानेपानी, सरसफाइ र सहरी पूर्वाधारको व्यवस्थापनको विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

    नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ  । वर्ल्ड अर्बान फोरम सहरी विकासको क्षेत्रमा  महत्त्वपूर्ण मानिन्छ ।

    उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, सहरी विकास मन्त्रालयका अधिकारीहरू कायरो प्रस्थान गरेका छन् ।  सिंह कार्यक्रममा सहभागी भएर शनिबार बिहान १०ः३० बजे स्वदेश फर्कनुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस