काठमाडौं। नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले हेटौंडा उपमहानगरपालिका-४ मा भवन सहित ६० धुर क्षेत्रफल भएको जग्गा खरिद गरेको छ । यस कम्पनीले १७ करोड ८९ लाख ५१ हजार ५०० रुपैयाँ (रजिष्ट्रेसन शुल्क सहित) बराबरको भवन खरिद गरेको हो । व्यवसायिक एवम् कार्यालय प्रयोजनका लागि उक्त भवन तथा जग्गा खरिद गरिएको कम्पनीले जनाएको छ ।