काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला २८ सय रुपैयाँले घटेर १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि, कात्तिक १५ गते छापावाल सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम रहेको थियो । यो नै हालसम्मकै उच्च मूल्य हो ।
यता, आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँ कायम भएको छ ।