काठमाडौं । सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला जोडिएको सहकारीको ठगी प्रकरणको अनुसन्धान शुरू भएको छ ।
मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । जिल्ला अदालत मोरङले १० जनाको नाममा पक्राउ अनुमति लिएर अनुसन्धान थाले पनि अञ्जला कोइरालाकोबारे भने केही उल्लेख छैन ।
प्रहरीका अनुसार सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि सहकारीका वर्तमान अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह,सञ्चालक समितिका सदस्यहरु आमोद मण्डल, रोशन राजवंशी र जितमान ठाकुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।