काठमाडौँ । चीनका लागि नेपाली राजदूतमा प्रा. डा. कृष्णप्रसाद ओली नियुक्त भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम ओलीलाई राजदूत नियुक्त गरेका हुन् । यसैगरी अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् ।
१४ साउनमा मन्त्रिपरिषद्ले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेर एग्रिमो आएपछि राष्ट्रपति पोडेलले ओली र रेग्मीलाई राजदूत नियुक्त गरेका हुन् ।