Logo

Dec 03 2024 | २०८१, मंसिर १८गते

images

मानव तस्करीका आरोपी कोशी प्रदेशका पूर्व मन्त्री लीलाबल्लभ अधिकारी काठमाडौँ ल्याइए


नया सडक

२०८१, कात्तिक २५ आइतबार

  • 399
    Shares

  • मानव तस्करीका आरोपी कोशी प्रदेशका पूर्व मन्त्री लीलाबल्लभ अधिकारी काठमाडौँ ल्याइए

    काठमाडौँ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर आज काठमाडौँ ल्याइएको छ ।

    यसअघि  जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरी अहिले अपराह्न अधिकारीलाई काठमाडौँ ल्याउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका थिए । नकली  कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरमा पक्राउ गरिएको थियो ।  अहिले काठमाडौँ ल्याइएको छ ।

    यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ । नकली  कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ ।  यसैगरी नेकपा एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई गरेको कारबाहीलाई शनिबारको एमाले केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस