Logo

Dec 03 2024 | २०८१, मंसिर १८गते

images

मानव तस्करीमा आरोपी कोशीका पूर्व मन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति


नया सडक

२०८१, कात्तिक २५ आइतबार

  • 450
    Shares

  • मानव तस्करीमा आरोपी कोशीका पूर्व मन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

    काठमाडौँ  । प्रहरील  कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्ने अनुमति पाएको छ ।सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंँमा पेश गरेकोमा प्रहरीलाई यस्तो अनुमति प्राप्त भएको हो ।अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

    अधिकारीलाई प्रहरीले आइतबार नै मोरङको विराटनगरबाट काठमाडौं ल्याएर अदालतसमक्ष प्रस्तुत गरेको हो ।अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना अपरिचित व्यक्ति पनि उनीसँगै गएका थिए । उनीहरुलाई भने नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस