Logo

Jan 17 2025 | २०८१, माघ ४गते

Jan 17 2025 | २०८१, माघ ४गते

images

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ६४ प्रतिशत घट्यो

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ६४ प्रतिशत घट्यो

  • काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६४ प्रतिशत कमि आएको छ ।

    गत आवमा कम्पनीले रू. २८ लाख ८१ हजार नाफा कमाएकोमा चालू आवमा रू.१० लाख ३४ हजारमा सिमित भएको छ । चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले  नाफा घट्न पुगेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ४१ लाख १५ हजार रहेकोमा चालू आवमा रू. १४ लाख ७८ हजारमा झरेको छ । 

    कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. २ करोड ८४ लाख रहेकोमा चालू आवमा बढेर रू. ३ करोड ५७ लाख पुगेको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij