काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्यज्योति लाइफ इन्सुरेन्सले ११ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २.५१ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ११ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.०९ प्रतिशत बढेर ९४ करोड रुपैयाँ पुगेको छ ।
खुद बिमा शुल्क आर्जन १०.०६ प्रतिशतले बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानी १३.३७ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३६ अर्ब ४ करोड रुपैयाँ भन्दा धेरैको छ ।
चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।