Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

तस्करी नियन्त्रणमा सक्रिय सुरक्षाकर्मीहरूका लागि चुनौती बन्दै पटके सुन तस्करी फन्डा


२०८१, कात्तिक २९ बिहीबार

  • 351
    Shares

  • तस्करी नियन्त्रणमा सक्रिय सुरक्षाकर्मीहरूका लागि चुनौती बन्दै पटके सुन तस्करी फन्डा

    काठमाडौँ । तस्करी रोकथाममा सक्रिय सुरक्षाकर्मीहरूका लागि भारतबाट नेपालमा भइरहेको सुन तस्करी चुनौती बन्दै गइरहेको छ ।व्यापारीहरूका लागि अनुसार नेपाल र भारतको सुन बजारको अन्तर १५ हजारको हाराहारीमा रहेको छ ।भारतबाट नेपाल भएर सुन तस्करी गर्नेहरूले सुरक्षाकर्मीहरूलाई चुनौती थपिदिएका हुन् । तस्करहरूले पटकेलाई प्रयोग गरी सुन तस्करी गरिरहेका छन् ।केही टुक्रा सुन लिएर आउने र केही थोक लिएर जाने काममा प्रयोग हुने व्यक्तिलाई पटके भनिन्छ ।


    नेपाल प्रहरीले हालै केही पटकेहरूलाई पक्राउ गरेको पनि छ । तर उनीहरूबाट खास चुरो बिन्दुहरूमा बसेकाहरूको पता लाग्न नसकेपछि तस्करी नियन्त्रणमा सक्रिय प्रहरीहरूका लागि यो चुनौती बनिरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । सुनचाँदी कारोबारसम्बद्ध व्यापारीहरूका अनुसार बजेट मार्फत सुनमा भन्सार महशुल बढाइ दिएपछि भारतबाट सुन तस्करी बढेको हो । सुनको सही लेखा राखी व्यापार गर्ने व्यापारीहरूका लागि समस्या उत्पन्न गरिदिएको छ । छापामारी गर्ने निकायलाई अलिकति दायाँ बायाँ भयो कि निहुँ मिलि हाल्छ र छामामारी गरिहाल्छ । कुनै साथीभाइले औँठी चेन त्यसै ल्याएर पैसा माग्न आउँदा पनि दिन गाह्रो हुन्छ । नदिउँ साथीभाइ रिसाउनी दिउँ छापामारीमा फसिने अवस्था अहिलेको सुन तस्करीको गतिले गम्भीर बनाइ दिएको उनीहरू बताउँछन् ।

    काठमाडौँ जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरिक्षक नवराज अधिकारीले पछिल्ला १५ दिन भित्र राजधानी भित्रिने यात्रुवाहक बसबाट सुनजस्तो देखिने पहेलो धातु लुकाइछिपाइ ल्याएको अवस्थामा पक्राउ गरिएको जनाएका छन् । प्रतितोला १५ हजारको अन्तर हुँदा पाँच तोला भन्दा बढी मानिसले भारतबाट नेपाल सडकबाटो आउन सहज भएको छ । पाँच तोलामा प्रतितोला ढुवानी खर्च बाहेक पटकेलाई १० हजार फाइदा भएपनि सहज काम गर्न सकिने अवस्था रहेको ती व्यापारीहरू बताउँछन् । पटकेहरूका लागि पशुपतिको जात्रा सिद्राको व्यापारी हुने गरेको छ । नसमातिएसम्म त उनीहरूका लागि मोज नै छ ।

    sun liyera aune pakrau.jpg

     

    सूचना अधिकारी नवराज अधिकारीले कात्तिक २१ गते बिहान नेपालगंजबाट काठमाडौं आउँदै गरेको बस नागढुंगा चेक प्वाइन्टमा प्रहरी चेकिङमा परेको लु.प्र.०३–००१ख ००९ नम्बरको बसमा अन्तिम सिटमा बसेर आएका कैलाली टीकापुरका २३ वर्षीय एलिस ढकालबाट झोलामा कालो टेपले बेरेका दुई वटा टुक्र्रा  सुनजस्तो पहेलो धातु फेला परेको थियो । प्रारम्भिक अनुसन्धानबाट उनको साथबाट बरामद भएको ५०२ ग्राम सुन भारतबाट ल्याएको पाइएको छ ।

    sun pakrau.png

    एलिसले नेपालगंज बसपार्कबाट काठमाडौंसम्म सुन ल्याउने जिम्मेवारी पाएका पटकेको काम गर्ने भएको देखिएको छ । उनले केही रकमका लागि भरियाको काम गरी नेपालगंजसम्म सुन ल्याउने काम गर्न खोजेका बेला समातिए ।यसैगरी काठमाडौँ जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारीका अनुसार बुटवलबाट कात्तिक २६ गते बिहान पौने ८ बजे काठमाडौं आउँदै गरेको लु २ ख ६८५८ बसमा यात्रा गरिरहेका  भारतीय नागरिक भारतका २७ वर्षीय कनैया लालको साथबाट गुप्ताङमा लुकाएको अवस्थामा ३५६ ग्राम सुन बरामद गरिएको थियो ।

    उनीहरूको अनुसन्धानबाट तत्काल महत्वपूर्ण बिन्दुका तस्कर वा तस्कर सहयोगीसम्म पुग्ने बाटो थाहा हुन नसकेको हो । यसअघि नेपाललाई ट्रान्जिट बनाएर सुन भारतमा तस्करी हुने गरेको थियो । नेपालको बजार भन्दा भारतमा सुनको मूल्य र माग बढी भएकाले चीन, दुबई, थाइल्यान्ड लगायत स्थानबाट त्रिभुवन विमानस्थल हुँदै तस्करी गरिने सुन भारत पुग्ने गरेको थियो।अहिले उल्टो भएको छ । भारतबाट नेपाल तस्करी भएर सुन आउन थालेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्न अघि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते बजेटमार्फत सुनको भन्सार दर बढाएपछि भारतबाट तस्करी हुन थालेको हो।

    बजेटको व्यवस्थापछि भारतमा भन्दा नेपालमा सुनको भाउ प्रति तोला १५ हजारको हाराहारीमा महँगो हुन पुगेको छ।यसले तस्करी नियन्त्रणमा खटिएकाहरूका लागि चुनौती थपि दिएको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।अहिलेसम्म सानो परिणाम सुन तस्करीका पटकेहरू समातेका छन् । ठुलो परिमाणमा सुन तस्करी गरेर ल्याउनेहरूले प्रहरीको आँखा छल्दै आएका छन् । कतिपटकेहरूले प्रहरीको ध्यान अर्कोतर्फ त तानिरहेको छैन् नयाँ सडक क्षेत्रका एक सुन चाँदीका कारोबारीले बताएका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस