Logo

Sep 17 2025 | २०८२, असोज १गते

Sep 17 2025 | २०८२, असोज १गते

images

फिन इलेक्ट्रो टेक बिहीबारदेखि शुरु

फिन इलेक्ट्रो टेक बिहीबारदेखि शुरु

  • काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघले  काठमाडौंको भृकुटीमण्डपमा आयोजनामा  ‘फिन इलेक्ट्रो टेक’को शुभारम्भ गरिएको छ ।इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै ठाउँमा ल्याएर आयोजना गरिएको यो व्यावसायिक प्रवर्धन गर्ने उदेश्यको प्रदर्शनीलाई उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् । प्रदर्शनीमा ६४ वटा स्टल छन्।

    बिहीबारदेखि शुरुभएको मंसिर २ गतेसम्म चल्ने प्रदर्शनीमा ६४ वटा स्टल राखिएका छन् । उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले नेपालमो उत्पादनको क्षेत्रको विस्तारमा निजी क्षेत्रलाई जोड दिन आग्रह गरे।उनले जोड दिनुपर्ने क्षेत्र भनेको म्यानुफ्याक्चरिङ  भएको बताउँदै यसले  नेपालको कूल गार्हस्थ उत्पादनमा ह्रास भइरहेको अवस्थामा सुधार ल्याउन मदत गर्ने बताए । उनले यसलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्रमो जोड दिनुपर्ने  आवश्यकता औँल्याए ।

    अर्थतन्त्रलाई लयमा ल्याउन सरकारले काम गरिररहेको भन्दै निजी क्षेत्रका संस्थाहरुले उठाएका विषय सम्बोधन गर्ने उनले उद्योगी व्यवसायीहरूलाई विश्वास दिलाए ।उनले निजी क्षेत्रले उठाएका कुरालाई सरकारले ध्यान दिएको बताउँदै  यसको सकारात्मक परिणाम केही समयपछि सबैले देखिने विश्वास व्यक्त गरे ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij