Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

  • दमौली (तनहुँ)। भाषा, साहित्यका माध्यमबाट राष्ट्रसेवा गर्ने उद्देश्यले यहाँ स्थापना भएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार सरुभक्तलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले रु २५ हजार राशिको उक्त पुरस्कार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली साहित्यको उन्नयनमा उहाँले गर्नुभएको योगदानको कदर गर्दै कवि सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो ।

    यसैगरी, ‘नेपाल अधिराज्यमा तनहुँ’ वाङ्मय पुरस्कार भारत कोलकाताका सत्यप्रकाश तिवारीलाई प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशि पनि रु २५ हजार छ । साथै रु १० हजार राशिको गीतल राष्ट्रिय पुरस्कार दैलेखका ओम रिजाललाई प्रदान गर्ने निर्णय भएको छभने रु पाँच हजार राशिको गीतल प्रतिभा पुरस्कार भिमाद नगरपालिका निवासी नारायणकैलाश सिग्देललाई प्रदान गरिने भएको छ । यी सबै पुरस्कार आगामी चैतमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिने छ ।(रासस) 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij