काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट विभिन्न चार देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार शपथ लिएका छन् ।पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ खाएका हुन् ।
सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।