Logo

Oct 22 2025 | २०८२, कात्तिक ५गते

Oct 22 2025 | २०८२, कात्तिक ५गते

images

आज सोमबार सुनको मूल्यमा प्रति तोला एक हजार रुपैयाँले वृद्धि

आज सोमबार सुनको मूल्यमा प्रति तोला एक हजार रुपैयाँले वृद्धि

  • काठमाडौँ । सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको कारोबार मूल्य प्रतितोला एक लाख ६१ हजार रुपैयाँ निर्धारण भएको हो ।साताको पहिलो दिन तोलामा १०० रुपैयाँ घटेर प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९०५ रुपैयाँ थियो।अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य बढेर प्रतिऔंस २६९२.९ डलर पुगेको छ। आइतबार सुन प्रतिऔंस २५६५ डलर थियो।चाँदीको मूल्य आज प्रतिऔंस ३०.७२ डलर छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij