Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा मङ्सिर २८ गते ,  लाभांश पारित गर्ने  प्रस्ताव

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा मङ्सिर २८ गते ,  लाभांश पारित गर्ने  प्रस्ताव

  • काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश लगायतका प्रस्तावहरु पारित गर्न साधारण सभा आह्वान गरेको छ ।  कम्पनीकोे मङ्सिर २ गते बसेको सञ्चालक समितिको बैठकले यहि मङ्सिर २८ गते शुक्रवार बिहान ११ बजे दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा गर्ने निर्णय गरेको हो । 

    सभाले  १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले यस कम्पनीले अन्य इजाजत प्राप्त घ वर्गका वित्तीय संस्थाहरुलाई गाभ्ने गाभिने तथा प्राप्ती गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने लगायतका कामहरु अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij